दुर्गा ट्रान्सपोर्टको गोदाममा छापा, ७० लाखको सामाना फेला

दुर्गा ट्रान्सपोर्टको गोदाममा छापा, ७० लाखको सामाना फेला

20

- Advertisement -

वीरगंज स्थित जय दुर्गा ट्रान्सपोर्टको गोदाममा छापामारी भएको छ । वीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरी बलको सहयोगमा वीरगंज भन्सार कार्यालयले छापामारी गरेको हो ।
गोदाममा भंसार छलिको सामान फेला परेको भन्सार प्रशासक डिलराम पन्थीले जानकारी दिए । दुई वटा गोदाममा छापामारी गर्दा ७० लाख रुपैया भन्दा बढीको सामान बरामद गरेको प्रमुले बताए । गोदामबाट कपडा, काजु, स्टिलका भाडावर्तन, ग्याँस चुल्हा लगायतको सामान बरामद गरेको हो ।
केहि दिन पहिला पनि प्रहरीले त्यस ट्रान्सपोर्टबाट छापा मारेर १५ लाख बराबरको सामान फेला पारेको थियो ।

Leave A Reply

Your email address will not be published.