आज रामनवमी : असत्यमाथि सत्यको विजय

आज रामनवमी : असत्यमाथि सत्यको विजय

41

- Advertisement -

आज रामनवमी ः चैत्र शुक्ल पक्ष नवमीको दिन अर्थात मर्यादा पुरुषोतम भगवान श्री रामचन्द्रको जन्म दिन । भगवान रामचन्द्रको सम्झनामा मनाईने “रामनवमी” पर्व निकैनै श्रंद्घा र भक्तिपूर्वक पुजा आराधना गरी मनाईन्छ । सनातन धर्म मान्ने समाजमा राम नवमीको धेरै नै महत्वपूर्ण स्थान छ ।
रामनवमी एउटा राष्ट्रिय चाडकै रुपमा स्थापित छ । असत्यमाथि सत्यको विजय तथा श्रीरामको सम्झनामा मनाईने “रामनवमीको” अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक विदानै दिने गर्छ । रामनवमीमा नेपाल र भारतमा धेरैनै धुमधामका साथ यो पर्व मनाईन्छ । रामनवमीको दिन राम मंदिरहरुमा पुजा पाठ गरिन्छ । रामनवमीको दिन श्रीरामको ब्रत, उपवास गरी पुजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।
त्रेत्रायूगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कोश्ल्यावतीको जेठो छोराको रुपमा रामको जन्म भएको धर्म ग्रन्थमा उल्लेख छ ।

वास्तवमा रामनाम शब्द मानस जिवनको दिनचर्या नै भईसकेको छ । असलमा रामनाम हाम्रो समाजमा यति व्यापक र स्थापित छ कि यो नाम विना समाजको कल्पना पनि गर्न सकिदैन् ।
जस्तै ः “राम–राम” भन्यौ भने सम्मान÷नमस्कार हुन्छ , “हरे राम–हरे राम” भन्यौ भने कीर्तन, “अरे–राम” भन्यौ भने अचम्म, “हाय–राम” भन्यौ भने पिडा, “सिया–राम” भन्यौ भने उत्साह, “जय श्री राम” भन्यौ भने बल हुन्छ र मानस जिवनको एक अटल सत्य “राम नाम सत्य” हो ।

शताब्दी वितिसक्यो, कैयौ पुस्ता वितिसके तै पनि रामनाम संगको सम्बन्ध पूर्ण सत्यको रुपमा कायमै रहेको पाईन्छ ।

Leave A Reply

Your email address will not be published.