वडाध्यक्ष सुनिल कुशवाहाकाे सिफारिसमा नारायणी विकास समितिका अध्यक्ष धीरज गुप्ताले गराए निःशुल्क उपचार

वडाध्यक्ष सुनिल कुशवाहाकाे सिफारिसमा नारायणी विकास समितिका अध्यक्ष धीरज गुप्ताले गराए निःशुल्क उपचार

114

- Advertisement -

बिरामी हुँदा या कुनै दुर्घटना हुँदा आर्थिक सहयोग नपाएर दिनहु मृत्यु भइरहेको घटना हामीले कुनै न कुनै सञ्चार माध्यमबाट प्राप्त भइ नै रहेको हुन्छ।यस्तै दुर्घटनाबाट पीडित थिइन् बहुदरमाई नगरपालिकावडा नम्बर ५ कि बासिन्दा रमावती देवी ।
रमावती देवीको दुर्घटनामा परी हात भाँचिएको थियो।उपचार खर्चको अभावका कारण उनी निकै चिन्तित थिइन् । रमावती देवीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बहुदरमाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल कुशवाहा ,नारायणी अस्पतालका विकास समितिका अध्यक्ष धीरज गुप्ता र माइ टेलिभिजनका प्रतिनिधि निरज मिश्राको सिफारिसमा रमावती देवीको निःशुल्क उपचारको व्यवस्था मिलाउनुभएको छ।वडावासी प्रति वडा अध्यक्षको काम कर्तव्य र मानव सेवाको धारणाराखेका वडा अध्यक्ष सुनिलको कुशवाहालाई रमावती देवीले धेरै धेरै धन्यवाद भन्दै आफू धेरै लामो समयदेखि स्वास्थ्य समस्याले जुझिरहँदा अध्यक्षज्यूको सहयोगले निकै खुसी व्यक्त गरेकी छिन्।

Leave A Reply

Your email address will not be published.