छठ पर्व — कहिले देखि, किन र कसरी मनाईन्छ ?

यस व्रत को लागि न विशेष धनको आवश्यकता छ न पंडित वा गुरुको ।

167

- Advertisement -

सैलेश प्रसाद कुशवाहा
वीरगंज २ मंसिर ।

छठ पुजा को सबैभन्दा महत्वपुर्ण पक्ष यस्को पवित्रता र लोकपक्ष हो । भक्ति र आध्यात्म ले परिपूर्ण यो पर्वमा बाँस द्वारा निर्मित सूप, टोकरी, माटोको भाडा, उख्खुको रस, गुड, चामल र गहुँले निर्मित प्रसाद र सुमधुर लोकगीतहरुले युक्त भई लोक जिवनको भरपुर मिठासको प्रवाह गर्नुनै छठको विशेषता हो ।
वेद, पुराण जस्तो धर्मग्रन्थ नभएर किसान र ग्रामीण जीवन मा केन्द्रित छ । यस व्रत को लागि न विशेष धनको आवश्यकता छ न पंडित वा गुरुको । आवश्यकता छ त मात्र छर छिमेकीको सहयोगको । जो आफनो सेवाको लागि सहर्ष र कृतज्ञतापूर्वक प्रस्तुत रहन्छ । यो उत्सवको लागि जनता आफै स्वयं आफनो सामुहिक अभियान संगठित गर्छन् । गाँउ, नगरको सफाई, व्रतालुहरु हिडने बाटोको प्रबन्ध, पोखरी वा नदी किनारमा अघ्र्य, दान को उपयूक्त व्यवस्थाको लागि समाज सरकारको सहायता को बाटो हेर्दैन् । यो उत्सवमा खरनाको उत्सव देखि लिएर अघ्र्यदान सम्म समाज को अनिवार्य उपस्थिति बनिरहन्छ । यो सामान्य र गरीब जनताको आफनो दैनिक जिवनको दुःखकष्ट विर्सिएर सेवा भाव र भक्ति भावले गर्ने सामुहिक कर्मको विराट र भव्य प्रदर्शन हो ।

  • छठ पर्व
    छठ कार्तिक शुक्ल पक्षको पष्ठीको दिन मनाईने एक हिन्दु धर्मवलम्वीहरुले मनाउने पर्व हो । यसको शुरुवात कार्तिक शुक्ल चतुर्थी को तथा समाप्ति कार्तिक शुक्ल सप्तमीको दिन हुन्छ । सूर्य पष्ठी व्रत भएको कारण यसलाई छठ भनिएको हो । यो पर्व वर्षमा दुई पल्ट मनाईने गरिन्छ । पहिलो चैत्र र दोश्रो कार्तिकमा । चैत्र शुक्ल पक्ष पष्ठीमा मनाईने छठ पर्व लाई चैती छठ भनिन्छ भने कार्तिक शुक्ल पक्ष पष्ठीमा मनाईने पर्वलाई कार्तिके छठ भनिन्छ । छठ पूजा सूर्य, प्रकृति, जल, वायु र उनकि बहिनि छठी मातालाई समर्पित छ । सुर्यको शक्तिको मुख्य स्रोत उषा र प्रत्युषा हुन । छठमा सुर्यको साथ साथ दुबै शक्तिहरुको संयुक्त रुपमा आराधना गरिन्छ । प्रातः कालमा सूर्यको पहिलो किरण (उषा) र सायंकालमा सूर्यको अंतिम किरण (प्रत्युषा) लाई अघ्र्य दिई दुवैको नमन गरिन्छ ।
    छठ एउटा यस्तो ब्रत हो जुन एउटा कठिन तपस्या जस्तै हो । छठ पुजा चार दिवसीय उत्सव हो । यस दौरान ब्रतालुहरु लगातार ३६ घण्टाको ब्रत राख्छन् । यस दौरान उनीहरु पानी समेत ग्रहण गर्दैनन् । यसमा पपित्र स्नान, उपवास र पिउने पानि बाट टाढा बस्नु, लामो समय सम्म पानिमा उभिन्नु र प्रसाद र अघ्र्य दिनु सामिल हुन्छ । यो पर्व अधिकतर महिलाहरुलृ गर्ने गर्दछन तर पुरुषहरुले पनि यो पर्व गर्ने गरेका छन । ब्रत राखनेहरुले चार दिन लगातार उपवार गर्नेगर्छन् । भोजनको साथै सुत्ने कोठाको पनि त्याग गर्ने गरिन्छ । यो पर्वमा न्याँ लुगा लगाएर पुजा गर्ने गरिन्छ जुन लुगामा कुनै किसिमको सिलाई गरिएको हुदैन । महिलाहरु साडी लगाउछन भने पुरुषहरु धोति लगाएर छठ पुजा गर्ने गर्छन । छठ पर्व मनाउन सुरु गरेपछि यसलाई हरेक वर्ष र वर्षौ वर्ष सम्म गर्नु पर्ने हुन्छ जब सम्म अर्को पुस्ताको विवाहित महिला यो पर्व मनाउन तयार हुदैनन । परिवारमा यदि कसैको मृत्यु भएको खण्डमा यो पर्व मनाउने गरिदैन् ।
  • मान्यता ः
    मान्यता अनुसार कि छठ पर्वमा व्रत गर्ने महिलाले छोरा पाउछन् । छोरा चाहने र छोराको कुशलताको लागि सामान्यता महिलाहरु यो ब्रत गर्ने गर्छन् । पुरुषहरु पनि पुरै निष्ठाको साथ आफनो मनोवांछित कार्य सफल होस भन्ने चाहनाका साथ यो पर्वमा व्रत बस्ने गर्दछन् ।
  • कथाः
    छठको एउटा मात्रै हैन अनेक कथा र किम्बदन्तिहरु छन् तर ति मध्ये एउटा प्रसिद्घ कथा अनुसार प्रथम देवासुर संग्राममा जब असुरहबाट देवताहरु पराजित भएका थिए । त्यति बेला देव माता अदितिले तेजस्वी पुत्र प्राप्तिको लागि देवारण्य को देव सूर्य मंदिरमा छठी मातामो पुजा आराधना गरेकि थिईन् । तब प्रसन्न भएर छठी माताले उनलाई सर्वगुर्ण संम्पन्न तेजस्वी पुत्र भएको वरदान दिएकी थिईन् । त्यस पछि अदितिलाई त्रिदेवको रुपमा पुत्र प्राप्त भए भगवान आदित्य, जस्ले असुरहरु बाट देवताहरुलाई विजय दिलाएका थिए ।
  • छठ पर्व कसरी मनाईन्छ ः
    यो पर्व चार दिनको हो, भैयादूजको तेस्रो दिन देखि यो पर्व आरम्भ हुन्छ ।
    पहिलो दिन नुन, ध्युले बनेको अरवा चावल र कददु को तरकारी प्रसादको रुपमा लिने गरिन्छ । दोस्रो दिन बाट उपवास आरम्भ हुन्छ । व्रतिहरु दिनभरी अन्न जल त्याग गरेर बेलुका खीर बनाएर, पुजा गरे पस्चात प्रसाद ग्रहण गर्ने गर्छन् । जसलाई खरना भनिन्छ । तेस्रो दिन अस्ताउने सूर्यलाई अघ्र्य यानी दूध अर्पण गर्ने गरिन्छ । अंतिम दिन उदाउने सूर्यलाई अघ्र्य चढाईन्छ । पूजामा पवित्रताको विशेष ध्यान राखने गरिन्छ ः लहसून, प्याज वर्जित हुन्छ । जुन घुमा यो पुजा हुन्छ त्याहा भक्ति गीत गाईन्छ । अंतमा पुजाको प्रसाद सबैमा बाडिन्छ ।
  • छठ पर्वको चार दिन ः
    नहाय खाय ः पहिलो दिन
    छठ पर्वको पहिलो दिन जस्लाई नहाय खाए को नाम ले चिन्ने गरिन्छ । यस्को सुरुवात कार्तिक महिनाको कार्तिक शुक्ल चतुर्थी बाट हुन्छ । सब भन्दा पहिला घरको सफाई गरि पवित्र गरिन्छ । व्रतालुहरु यो दिन नजिकको नदि पोखरीमा स्नान गर्छन् । यो दिन नंङ्ग काटेर स्वच्छ पानिले कपाल धोई स्नान गर्ने गर्दछन् । यो दिन व्रतालुहरु दिनमा एक चोटी मात्रै खाना खान्छन् । खानामा कद्दुको तरकारी, मुंग चना को दाल, चामल को उपयोग गर्ने गर्छन् । तेलमा छानेको पुरी वा तरकारी आदि वर्जीत हुन्छ । खाने कुरा माटोको भाडामा पकाउने गरिन्छ । खाना पकाउन आपको दाउरा र माटोको चुल्हो प्रयोग गर्ने गरिन्छ । खाना पाकिसके पछि पहिले व्रत बस्ने व्यतिm खाना खान्छन् अनि मात्रै परिवारका अन्य सदस्यहरुले खाना ग्रहण गर्छन् ।
  • खरना ः दोस्रो दिन
    छठ पर्वको दोस्रो दिन जस्लाई खरना भनिन्छ । चैत र कार्तिक महिनाको पंचमीको दिन यो पर्व मनाईन्छ । यो दिन व्रतालुहरु पुरै दिन उपवास बस्ने गर्दछन् । यो दिन खाना तपरै जाओस सूर्यास्त भन्दा पहिला पानिको एक बुन्द पनि ग्रहण गर्दैनन् । बेलुका चामल,गुड र उख्खुको रसको प्रयोग गरी खीर बनाउने गरिन्छ । खाना बनाउन नुन वा चीनीको प्रयोग गरिदैन् । घरमा एकान्त रहेर खाना ग्रहण गरिन्छ । परिवारको सबै सदस्य तयो समय घर भन्दा बाहिर गएको हुन्छन् । ताकि कुनै होहल्ला नहोस । एकान्तमा खाना खाने समय व्रतालुहरु कुनै किसिमको आवाज सुनन पर्वको नियमको विरुद्ध मानिन्छ ।
    पुन ः व्रतालुहरु खाएर आफनो सबै परिवारलाई उहि खीर र रोटी को प्रसाद ख्वाउछन् । यो सबै प्रक्रियालाई खरना भनिन्छ । यस पछि अबको ३६ घंटाको लागि व्रती निर्जला व्रत बस्छन् । मध्य रात्रिमा व्रतालुहरु छठ पुजाको लागि विशेष प्रसाद ठेकुआ बनाउछन् ।

 

  • संध्या अघ्र्य ः सझिया घाटे ः तेस्रो दिन
    छठ पर्वको तेस्रो दिन जस्लाई संध्या अघ्र्य को नामले चिनिन्छ । चैत र कार्तिक शुक्ल षष्ठी को दिन यो पर्व मनाईन्छ । पुरै दिन सबै जना मिलेर पुजाको त्यारी गर्ने गर्छन् । छठ पूजा को लागि एउटा बांसले बनेको टोकरी जस्लाई दउरा भनिन्छ मा पूजाको प्रसाद, फल हालेर देवस्थानमा राखिन्छ । त्याँहा पूजा अर्चना पछि एक सूपमा नरिवल, पाँच प्रकारको फल, र पूजाका अन्य सामान लिएर दउरामा राखि घरको पुरुषले आफनै हाथले उठाई छठ घाट सम्म लिएर जान्छन् । यह अपवित्र न होस त्यसको लागि टाउको माथि राखेर जान्छन् । छठ घात जादैगर्दा बाटोमा प्रायः महिलाहरु छठका गित गाउँदै जान्छन् । नदि वा पोखरी किनार मा पुगेर त्यहा बाट माटो निकालि छठ माता नजिक सारा सामान राखि नारिवल चढाईन्छ र दिप बालिन्छ । सूर्यास्त भन्दा केहि अगाडि सूर्य देवको पूजाका सारा सामान लिएर नदि वा पोखरीको पानिमा गई उभिन्छन् र अस्ताउने सूर्य देवको लाई अघ्र्य दिएर पाँच चोटि परिक्रमा गर्छन् । पुजाको सामग्रिहरुमा स्वनिर्मित गहुको पिठो बाट निर्मित ठेकुवा प्रसाद स्वरुप राखिन्छ । यसलाई ठेकुवा किन भनिन्छ भने यसलाई काठको एक विशेष प्रकारको डिजाईनदार फर्ममा राखि ठोकेर बनाईन्छ । ठेकुवा अतिरिक्त कार्तिक माहिनामा खेतमा उपजेको सबै नँया कन्द,मुला,फलसब्जी, उख्खु, ओल, हल्दी, नारिवल, निंबु, केरा आदि चढाईन्छ । यो सबै समानहरु कुनै पनि कटे पटेको हुनु हुदैन् । यसको अतिरिक्त दियो हेतु, नँया दियो, नँया वति र घी लिएर घाटमा दियो बालिन्छ । यसमा सबैभन्दा महत्वपुर्ण अन्न जो हो त्यो हो कुसही केराव को दाना जो टोकरीमा ल्याईछ तर सांध्या अघ्र्यमा सूर्य देवलाई अर्पित गरिदैन् । यसलाई टोकरीमा भोलि विहान उदाउदै गरेको सूर्यलाई अर्पण गर्न हेतु सुरक्षित राखिन्छ । धेरै जसो व्यतिmहरु रातभरी छठ घाटमै बस्छन भने धेरै जसो सबै समान लिएर गित गाँउदै घर फर्किन्छन् ।

 

  • उषा अघ्र्य ः विहनिया घाटे ः चौथो दिन
    चौथो दिन कार्तिक शुक्ल सप्तमीको विहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिईन्छ । सूर्य उदाउनु भन्दा पहिलै सबै व्रतालुहरु सूर्यको पुजा हेतु घाटमा पुगेका हुन्छन् । र बेलुका झै सबै परिवार आफन्तहरु उपस्थित रहन्छन् । साँझ अघ्र्य अर्पित पकवानहरुलाई नँया पकवानले प्रतिस्थापित गरिन्छ । तर कन्द, मुला, फल आदि उहि रहन्छ । सबै नियम विधान साँझकै झै रहन्छ । मात्रै ब्रतालुहरु यो समय पुर्वदिसातर्फ टाउको गरी पानीमा उभिन्छन् र सूर्योपासना गर्छन् ।
    पुजा अर्चना समाप्तोपरान्त घातमा पुजा गरिन्छ । त्याँहा उपस्थितहरुमा प्रसाद वितरण गरि व्रतालुहरु घर फर्किन्छन र घर परिवारलाई पनि प्रसाद वितरण गर्छन् । व्रतालुहरु घर आएर गाँउको पीपलको रुख जस्लाई ब्रहाबाबा भनिन्छ त्याँहा गएर पुजा गर्छन् । पूजा पश्चात व्रतालुहरु कच्चा दुधको शरबत पिएर प्रसाद खाई व्रत पूर्ण गर्छन् जस्लाई पारण वा परना पनि भनिन्छ । व्रतालुहरु खरनाको दिन देखि लिएर आजको दिन सम्म निर्जला उपवासोपरान्त आज मात्रै ननयुक्त भोजन ग्रहण गर्ने गर्छन् ।

Leave A Reply

Your email address will not be published.