अस्पतालको ल्यापटप चोर्ने सशस्त्र प्रहरी पक्राउ

अस्पतालको ल्यापटप चोर्ने सशस्त्र प्रहरी पक्राउ

15

- Advertisement -

काठमाडौँ । अस्पतालको ल्यापटप चोरेको आरोपमा एक सशस्त्र प्रहरीका असई पक्राउ परेका छन । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना सहायक निरीक्षक (असई) पक्राउ परेका हुन ।

पक्राउ परेका भण्डारीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्द्ले बताए । दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लागेको छ।

Leave A Reply

Your email address will not be published.