पत्रकार खानको उपचारका लागि महानगर प्रमुखले गरे ५० हजार सहयोग

पत्रकार खानको उपचारका लागि महानगर प्रमुखले गरे ५० हजार सहयोग

6

- Advertisement -

वीरगञ्ज।फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ । पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ महानगरप्रमुख सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो ।

महानगर प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई महागरप्रमुख सिंहले उपलब्ध गराउनुभएको चेक हस्तान्तरण गर्नुभएको हो ।

महानगरप्रमुख सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.