सात लाख बराबरको काजु बरामद ।

सात लाख बराबरको काजु बरामद ।

2

- Advertisement -

वीरगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगन्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो ।

राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपैयाँ रहेकोपनि उनले बताए ।बरामद काजु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको बारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.