सिता हस्पिटलमा कार्यरत्त डा. निलम चौरसियालाई पक्राउ गरी अदालत समक्ष बुझाउनु प्रहरीलाई आदेश

187

- Advertisement -

वीरगंज / ३ जेठ २०८०   वीरगंज महानगरपालिका वडा नं. ४ स्थित सिता हस्पिटल प्रा.लि.ले गर्भपतनको मामिलामा बदनामी कमाउदै चर्चामा रहदां त्यसमा कार्यरत्त डा. निलम चौरसियाले गरेको कालाकर्तुतको रहस्योद्घाटन भएको छ ।

डा. चौरसियाले अनावश्यक ल्याब परीक्षण गर्न लगाई बिरामीहरुलाई सास्ती खेप्न बाध्य बनाईरहेको व्यापक चर्चा परिचर्चा भईरहेको अवस्थामा बारा जिल्लाकी एक युवतीको गैरकानुनी तरिकाले गर्भपतन गर्दा सो मुद्दा सम्मानित अदालत सम्म पुगेको हो । घटना विवरण अनुसार बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १ बस्ने सुरज श्रेष्ठ र वडा नं. २ बस्ने ऐश्वर्या श्रेष्ठ (नाम परिवर्तन) बीच कोे प्रेम सम्बन्धबाट करिब १७ हप्ताको शिशुलाई डा. चौरसियाले अवैध तरिकाले गर्भपतन गरेकी हुन् ।

सिता हस्पिटलमा भर्ना हुनु भन्दा अगाडि उनीहरुले २०७९/११/२८ गते सुनौलो पोली क्लिनिक प्रा.लि. हेटौडा, मकवानपुर, ओम हस्पिटल र नारायण अस्पताल चितवन, भरतपुरमा जांदा त्यहांका डाक्टरहरुले अवैध गर्भपतन गर्न नमानेपछि श्रेष्ठले २०७९/११/२९ गतेका दिन चर्चित सिता हस्पिटल वीरगंजको बेड नं.१११ मा भर्ना भएकी थिईन । भर्ना भएपश्चात डा. चौरसियाले ४० हजारमा गर्भपतन गर्ने भनी कुराकानी गरी १५ हजारको टिकट काटी चेकजांच रिपोर्ट लिनको लागि डाक्टरलाई रु. ३ हजार दिएको स्रोतको कथन रहेको छ ।

२०७९/११/३० गतेका दिन गर्भपतन भएको शिशुलाई सेतो प्लाष्टिकमा राखी डा. चौरसियाले सुरज श्रेष्ठलाई राति करिब ८ बजेको समयमा अशोकवाटिकाको समसानघाटमा फालेर आउनु भनि अ¥हाएकोमा श्रेष्ठको संगै अमन चौरसियाले फाल्न जांदा प्रहरीको फन्दामा परेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जांदा सिता हस्पिटलको १११ नम्बर बेडमा भर्ना भएकी श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

सो गर्भपतन मुद्दामा सुरज श्रेष्ठ, ऐश्वर्या श्रेष्ठ (नाम परिवर्तन), दुर्गा लामिछाने, डा. निलम चौरसिया, बिमला चौधरी, रिन्कु झा र अमन चौरसियालाई प्रतिवादी बनाईएकोमा सुरज श्रेष्ठ, ऐश्वर्या श्रेष्ठलाई रु. १/१ लाख र अमन चौरसियालाई ५० हजार धरौटीमा सम्मानित जिल्ला अदालत पर्साले २०७९ चैत २६ गतेका दिन रिहा गरेको छ । डा. निलम चौरसिया, बिमला चौधरी, रिन्कु झा लगायतका फरार अभियुक्तहरुलाई पर्सा प्रहरीले यथाशिघ्र पक्राउ गरी सम्मानित अदालत समक्ष बुझाउनु पर्नेमा मौन रहेको देखिदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

मुलुकी अपराध संहितामा कसैले १२ हप्ता देखि २५ हप्ता सम्मको गर्भपतन जानीजानी गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । फरारको सूचिमा रहेका अभियुक्तहरु आफै पनि अदालत समक्ष उपस्थित हुने कानुनी व्यवस्था रहे पनि अदालतको एक बिचौलिया मार्फत सेटिङ्गको कुरा चल्दा सो कुरा हालसम्म नमिलेको हुनाले उनीहरु हाजिर हुन नसकेको स्रोतले जनाएको छ ।

फरार अभियुक्तहरु आफै उपस्थित भए राम्रै, नभए प्रहरीले जुनसुकै बेला समातेर अदालत समक्ष बुझाउन सक्ने कानुनी अधिकार भएतापनि प्रहरीको मौनताले विभिन्न किसिमको शंका उपशंका उब्जाएको छ ।

Leave A Reply

Your email address will not be published.