वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्षले बाँडे १६ छात्रालाई कम्प्युटर

8

- Advertisement -

वीरगञ्ज / ३ जेठ २०८०   वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० ले १६ जना छात्रालाई कम्प्युटर वितरण गरेको छ ।

एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्रालाई मंगलवार एक कार्यक्रमका बीच एक-एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराइएको हो ।

चुनावी घोषणापत्रमा उल्लेख भएबमोजिम वडाका छात्राहरुलाई अध्ययनमा अभिप्रेरित गर्ने अभिप्रायले कम्प्युटर वितरण गरिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष मनोज कुमार यादवले बताए ।

स्कुलमा कम्प्युटर विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको गाउँमा कम्प्युटर नहुँदा पढाइ प्रभावित भइरहेको हुँदा उनीहरुलाई घरमै अभ्यास गर्न सहज होस् भन्ने हेतुले कम्प्युटर वितरण गरिएको वडाअध्यक्ष यादवले बताए । ११ कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नयाँ छात्राहरुलाई पनि पढाइप्रति हौसला बढ्ने यादवको विश्वास छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतले वडाअध्यक्ष यादवको कदमको सह्राना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.