रौतहटमा लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

4

- Advertisement -

गौर / २ जेठ २०८०   रौतहटको राजपुर नगरपालिका–१ पिप्रा भगवानपुरबाट मंगलवार सशस्त्र प्रहरीले करीब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बीआर ०६ सीबी ३८६४ नम्बरको मोटरसाइकमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

गौर नगरपालिका–२ बकैया खोला ईलाकाबाट मंगलवार सशस्त्र प्रहरीले करीब १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको बिलविजक विनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको छ ।

नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.