भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिम्पोछे २८ वर्षपछि नेपाल भ्रमणमा

5

- Advertisement -

काठमाडौं / ३० वैशाख २०८०   भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिम्पोछे ३ दिनका लागि नेपाल भ्रमणमा आएका छन् ।

नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ गुम्बाका ९० वर्षीय प्रमुख धर्मगुरु ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न उनी नेपाल आएका हुन् । शुक्रबार नेपाल आइपुगेका उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औँ अवतारी धर्मगुरु हुन् ।

धर्मगुरु रिम्पोछे भारतस्थित काँगडाको हिमाचल प्रदेशबाट नेपाल आएका बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए । उनका अनुसार रिम्पोछेले वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षति भएको बौद्ध स्तुपाको पुननिर्माणमा सहयोग गरेका थिए । पूर्वअध्यक्ष लामाले भने, ’उहाँ बौद्धमा आउँदा हामी खुशी छौँ । उहाँले २०७२ को भूकम्पमा पनि बौद्ध स्तुपा पुनर्निर्माणका लागि ठूलो सहयोग गर्नुभएको थियो ।’

नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्म गुरुहरुसँग भेटघाट गर्नुका साथै नेपालका बौद्ध गुम्बाहरुकोसमेत भ्रमण गर्ने कार्यक्रम छ । बौद्ध गुरु रिम्पोछे २८ वर्षपछि नेपाल आएका हुन् ।

Leave A Reply

Your email address will not be published.