बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ

4

- Advertisement -

काठमाडौं / २२ वैशाख २०८०  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ ।

उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएका अख्तियार श्रोतले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.