दर्जा हबल्दार, परिचय प्रहरी इन्सपेक्टर

9

- Advertisement -

जनकपुर / १३ वैशाख २०८०   एक जना तल्लो दर्जाका प्रहरीले आफूलाई उपल्लो दर्जाको प्रहरी हुँ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको समाचार प्राप्त भएकाे छ ।
ति प्रहरी लामाे समयदेखि एकै ठाउँमा कार्यरत रहेका नेपाल प्रहरीका हबल्दार महेन्द्र प्रसाद महतो उर्फ एमपी राज महतो हुन् ।
सामाजिक सञ्जाल फेसबुक र साथीभाइहरु बीच एमपी राज महतोका नामले परिचय बनाएका प्रहरी हबल्दार महतोको आफूलाई प्रहरी इन्स्पेक्टरको रुपमा तस्कर र व्यापारी माझ चिनाउने गरेका छन् । हालसालै त उनले आफूलाई डीएसपी समेत भन्न भ्याएको जनकपुर गणका एकजना डीएसपीले सुनाउँदै थिए ।
धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भए पनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । कारण ठेकिएको दरबन्दीमा जाँदा प्रहरी हबल्दारको ड्रेस लगाउनु पर्ने डर उनलाई छ ।
प्रहरी स्रोतका अनुसार महतोले हबल्दारमा बढुवा भएदेखि प्रहरीको ड्रेस लगाएका छैनन् । ठाँटबाँटका साथ झिल्के भएर हिँड्ने उनी कहिले रारा पुग्छन् त कहिले मुगु, अनि कहिले बर्दिया राष्ट्रिय निकुञ्ज । प्रहरीका हाकिमहरूसँग बाक्लो उठबस, फोटो सेसन अनि आईजी, एआईजी र डीआईजीसँग फोन गरेर अरूलाई देखाउने, तर्साउने अनि प्रभावित पार्ने उनको वर्षौंदेखिको धन्दा हो ।
सिपाहीका रुपमा उत्तम सुवेदी धनुषाको एसपी हुँदा घुमुवा रहेका महतोको सेक्स स्क्याण्डल बाहिरिएपछि केही समय नुवाकोट खेदिनु परेको थियो । बिगत ७-८ बर्षदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर सिभिलमा घुम्ने उनले १० बर्ष यता प्रहरीको ड्रेस नै नलगाएको बताइन्छ ।
प्रहरीका ठूला हाकिमसँग बाक्लो उठबस गर्ने उनले प्रहरीका सिपाही देखि जुनियर अधिकृतसम्मलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै पैसा उठाउने गरेका छन् । खास गरी एआईजीबाट हालै अवकाश लिएका उत्तम सुवेदी, आईजीपीबाट अवकाश पाएका धीरजप्रताप सिंह लगायतका हाकिमहरूसँग उनको नजिकको उठबस चल्ने गरेको दावी समाचार स्रोतको छ ।
Leave A Reply

Your email address will not be published.