बारा-२ मा अग्रतालाई बढाउँदै उपेन्द्र यादव, रास्वपाका रमेश खरेल चौथो स्थानमा

4

- Advertisement -

काठमाडौं / १२ वैशाख २०८०   जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ को उपनिर्वाचनमा अग्रताको मतान्तरलाई बढाएका छन्।

ताजा परिणाम अनुसार उनले ३ हजार भन्दा बढी मतको अग्रता कायम गरेका हुन्।

यादवले हालसम्म कुल ९ हजार ८७० मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले भने कुल ६ हजार ७७१ मत पाउँदा यादवले ३ हजार बढी मतान्तरको अग्रता लिएका हुन्।

त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७०० मत पाएका छन् भने रास्वपाका रमेश खरेल १ हजार १७४ मतसहित चौथो स्थानमा छन्।

Leave A Reply

Your email address will not be published.