दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

7

- Advertisement -

जनकपुरधाम / ११चैत / २०७९ धनुषामा शनिबार बिहान दुई ट्रक एकापसमा ठोकिएको छ । मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.