सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधीबिच बिन्दबासिनीमा अन्तरकृया सम्पन्न 

12

- Advertisement -

 

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र गाउँपालिकाका जनप्रतिनिधीहरु बिच मंगलबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन बीचको सम्बन्ध बारे , स्थानिय निकायमा भएको समस्या , प्रहरी प्रशासनले कस्तो खाले सहयोग गर्ने जस्ता लगायतका विषयमा छलफल भएको हो ।

कार्यक्रममा प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा कमिटी गठन गरी गाउँ टोलमा भएको झगडा , हुहल्ला , स्थानिय बासीको समस्या समधान गरिने बारे छलफल गरिएको हो ।

बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया , राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी , उपाध्यक्ष ज्योती चौरसिया , प्रमुख प्रशासकिय अधिकृत राजु साह , अतिथि वडा अध्यक्ष अक्षयलाल महतो , मुक्तिनाथ पटेल , जयप्रकाश चौरसिया , मोहन यादव , नेपाल पत्रकार महासंघ पर्सा कोषाध्यक्ष संजिव मिश्रा लगायतको पनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.