धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद

14

- Advertisement -

धनकुटा / २१ फागुन २०७९   धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ ।

कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत माघ २८ गते पनि सहिदभूमि गाउँपालिका ४ बाट प्रहरीले पिकअप गाडीबाटै ४ सय किलोग्राम गाँजा बरामद गरेको थियो । प्रहरीले तीन साताको अवधिमा ५ सय केजीभन्दा बढी गाँजा बरामद गएको छ । उक्त गाँजा गत साता नष्ट गरिएको थियो । प्रहरीले त्यसलगत्तै गाँजा बरामद गरेको हो ।

 

Leave A Reply

Your email address will not be published.