पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने 

13

- Advertisement -

वीरगन्ज / २७ माघ / २०७९  वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ ।

भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा सोमबार महाआरती हुन लागेको हो ।वीरगन्जमा पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो ।

वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाइएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।

वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

तराई मधेसमै एक मात्र रहेको वीरगन्जको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको उनले बताए । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

Leave A Reply

Your email address will not be published.