पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० पक्राउ

9

- Advertisement -

बिरगंज / २ पुष २०७९ पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० पक्राउ गरेको छ।

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो।

पर्सागढी नगरपालिका ३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। १ लाख २८ हजार १ सय ४० रुपैयाँ र ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

 

 

 

Leave A Reply

Your email address will not be published.