प्रधानमन्त्री प्रचण्डद्वारा विमान दुर्घटनामा दुःख व्यक्त : मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

7

- Advertisement -

काठमाण्डाै / १ माघ २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

पोखरामा आज बिहान विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको हो ।

विमान दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, मातहतका सुरक्षानिकाय तथा सम्पूर्ण निकायलाई निर्देशन समेत दिनुभएको छ ।

काठमाण्डौबाट पोखराका लागि उडेको ६८ यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानमा बिहान पोखरामा दुर्घटना भएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.