चितवनको नारायणी नदीमा आजदेखि ‘क्रुजसीप’ चल्ने

12

- Advertisement -

काठमाण्डाै / १ माघ २०७९   चितवनको नारायणी नदीमा आजदेखि क्रुजसीप अर्थात् सानो पानीजहाज चल्ने भएको छ ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आज दिउँसो १ बजेदेखि राइनो क्रुजसीप सञ्चालनमा आउने जानकारी दिएको छ । यसको २ वर्षअघि नै परीक्षण गरिएको थियो । तर कोरोना महामारी, नीतिगत पक्ष तथा व्यवस्थापनमा समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर व्यावसायिक रुपमा क्रुजसीप सञ्चालनमा ल्याउन लागेको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो ।

तीन तलाको क्रुजसीपको क्षमता २ सय जनाभन्दा धेरै अट्ने रहेको छ । तर अहिले १ सय ८० जनासम्म यात्रु चढ्न सक्नेछन् ।

नारायणगढको पुल्चोकदेखि झण्डै ९ किलोमिटर दक्षिणमा रहेको काभ्रेघाटमा क्रुजसीपको स्टेसन रहेको छ  । ४० किलोमिटर सञ्चालन अनुमति प्राप्त रहेको तर अहिले नदीले धार परिवर्तन गरेको तथा पानीको सतह कम भएकाले छोटो दूरीमा मात्रै चल्ने उहाँको भनाइ छ ।

यात्रामा हुनसक्ने जोखिम बहन गरी सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.