वीरगञ्ज महानगरमा अख्तियार छापा, प्रमुख प्रशासकिय अधिकृत अनुसन्धानको घेरामा

8

- Advertisement -

 वीरगञ्ज / २२ पुष २०७९    वीरगञ्ज महानगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्नागरी महानगरपालिकालाई ३ करोड भन्दाबढी नोक्सान पु¥याएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाले छानविन थालेको छ ।

कर्मचारी भर्नाको लागि तोकआदेश दिने मेयर र दरबन्दी नभएको ठाउँमा जथाभावी कर्मचारी भर्ना गरेर महानगरपालिकालाई आर्थिक व्ययभार बढाउने काम गरेकोले प्रमुख प्रशासकिय अधिकृतलाई अनुसन्धानको घेरामा राखेर छानविन गरेको बुझिएको छ ।

कर्तव्य र अधिकार भित्र जनप्रतिनिधिले ऐन नियम र कानुन सम्मत गरेको निर्णय कार्यान्वनय गर्नु हो । यदी कानुन संम्मत नभएका बिषय भए त्यसलाई कानुन अनुसार गर्न लगाउने दायित्व समेत प्रमुख प्रशसकिय अधिकृतको हो । तर वीरगञ्ज महानगरपालिकामा आएका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेयरको रबर स्टामको रुपमा काम गरेका छन ।

उनले गैरकानुनी रुपमा जथाभावी कर्मचारी, सल्लाहाकार र विज्ञ नियुक्त गरेका छन् । संघिय कानुनले स्थानीय तहलाई स्वकिय सचिव, सचिवालको कर्मचारी, सल्लाहाकार र विज्ञ नियुक्त गरेर सरकारको ढुकुटीबाट तलव भत्ता र सुविधा दिन पाउँने व्यवस्था गरेको छैन ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी सल्लाहाकार र सचिवालयमा कर्मचारी भर्नागरेर तलव भत्ता दिएको भनि महालेखाले लेखा परिक्षण प्रतिवेदनमा बेरुजु लेखिदिएको छ । अघिल्लो पटक यसरी नियुक्त भएका कर्मचारीबाट स्थानीय तहले रकम असुलेर बेरुजु फछ्र्यौट गर्न थालेका समचार विभिन्न सञ्चार माध्यममा आइरहेको भएपनि वीरगञ्जमा भने मयेर र प्रमुख प्रशसकिय अधिकृतले कानुनको धज्जी उडाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख नरहरी घिमिरेले वीरगञ्ज महानगरपालिकामा गैरकानुनी रुपमा कर्मचारी भर्ना गरेको र फेरि निष्कासन गरेको बिषयमा छानवीन भइरहेको बताए । उनले महानगरपालिकासँग नियुक्ती प्रकृया र कर्मचारी भर्ना सम्वन्धमा भएका निर्णयको सम्पूर्ण कागजपत्र माग गरेर छानविन गरिरहेको जानकारी दिए ।

महानगरपालिकाले पठाएका केही डकुमेन्ट अधुरै पाइएकोले फेरी पुरक कागजपत्र माग गरेको आयोगले जनाएको छ । आयोगले महानगरपालिका भएको कर्मचारी दरवन्दी, महानगरपालिकाको कार्यपालिकाको निर्णय तर कर्मचारी भर्ना सम्वन्धी नगरसभाले गरेको निर्णयका बिषय समेत माग गरेको छ ।

वीरगञ्रपालिका वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्राले नगरपालिकाको वोर्डबाट कुनै निर्णय नभएको बताए ।

 

Leave A Reply

Your email address will not be published.