पाल्पामा बस दुर्घटना हुदा ६ जनाको मृत्यु, १८ जना घाईते

4

- Advertisement -

पाल्पा / २२ पुष २०७९ पाल्पामा बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ नजिकै दुर्घटना भएको हो ।
बिहीबार राति  ९: ३० बजे ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं। ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।
मृतक सब मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन ।  बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.