३ गाेदामहरुमा प्रहरीकाे छापा, ९०५ बाेरा चामल बरामद

9

- Advertisement -

वीरगंज / २१ पुष २०७९  बिरगंज महानगरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित ३ वटा गाेदामहरु छापामारी गरी भन्सार छली ल्याइएका चामलहरू बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरू छापामारी गरी १३ लाख ६० हजार ८ सय बराबरकाे भन्सार छलीकाे चामल बरामद गरेकाे हाे ।

तिनै जनाकाे गादाेमहरुमा कानून बमोजिम खानतलासी गर्दा २०/२४/२६ के.जी.का बोराहरू भएकाे ९०५ बोरा चामल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बरामद चामलहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

भन्सार छली चोरी पैठारी गरी वीरगंज ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद चामलकाे मुल्य रु.१३ लाख ६० हजार ८ सय पर्ने प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.