विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडी बन्दै मेस्सी

4

- Advertisement -

कतार /  २७ मंसिर २०७९    कतारमा भइरहेको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले आज क्रोएसियासँग खेल्दैछ ।

यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि सुरु हुनेछ ।

आजको खेलमा सानदार लयमा रहेका अर्जेन्टिना कप्तान लियोनल मेस्सीले खेल्ने पक्का जस्तै छ । क्रोएसियाविरुद्ध मैदान प्रवेश गरेलगत्तै उनले नयाँ उपलब्धि हासिल गर्ने छन् ।

उनले आज विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको उपलब्धि हासिल गर्न लागेका हुन् । अहिलेसम्म विश्वकप फुबटलमा सर्वाधिक म्याच खेल्ने रेकर्ड जर्मनीका  लोथर मथाउसको नाममा छ ।

आज मैदान उत्रिएपछि मेस्सी पनि विश्वकपमा २५ म्याच खेल्ने खेलाडी बन्ने छन् । यदि अर्जेन्टिनाले सेमिफाइनल खेल जिते फाइनलमा मथाउसलाई पछि पार्दै मेस्सी विश्वकपमा २६ म्याच खेल्ने एक्लो खेलाडी बन्ने छन् ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा जर्मनीका  पूर्वखेलाडी मिरोस्लाभ क्लोज छन् । उनले विश्वकपमा २४ खेल खेलेका थिए ।

 

Leave A Reply

Your email address will not be published.