अर्जेन्टिना उपाधिबाट दुई खेल टाढा

3

- Advertisement -

 कतार  / २५ मंसिर २०७९    कतार विश्वकप फुटबल प्रतियोगितामा लियोनेल मेसीको टिम अर्जेन्टिना शनिबार बिहान नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले हराएर सेमिफाइनलमा पुगेको छ। निर्धारित र थप ३० मिनेटको खेल २–२ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा हारजितको छिनोफानो भएको हो।

विश्वको सर्वश्रेष्ठ फुटबलर मेसीलाई अहिलेसम्म विश्वकप उपाधिले लोभ्याइरहेको छ। अब मेसी र अर्जेन्टिना विश्वकप उपाधिबाट मात्र दुई खेल टाढा भएको छ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्नेछ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा मेसी ‘म्यान अफ दी म्याच’ बन्नुभयो। खेलको ३५औँ मिनेटमा मेसीको अविश्वसनीय पासमा नाहुयल मोलिनाले गोल गरी अर्जेन्टिनालाई अगाडि पार्नुभएको थियो। मेसीको सो पास कलात्मक र दूर दृष्टिले भरिपूर्ण थियो। मैदानको बीचमै बल प्राप्त गरेपछि मेसीले बल अगाडि बढाउँदै पहिले नेदरल्यान्ड्सका डिफेन्डरलाई असन्तुलित बनाउनुभयो। त्यसपछि नहेरिकनै उहाँले रिभर्स पास दिनुभएको थियो। सोही पासमा मोलिनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्नुभयो। खेलको ७३औँ मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्नुभयो। डेन्जेल डम्फ्रिजले मार्कस अकुनालाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो। चालू विश्वकपमा चार गोल गरेर मेसी गोल्डेन बुटको होडमा पनि हुनुहुन्छ। यसैगरी उहाँको विश्वकपमा कुल गोलसङ्ख्या दस पुगेको छ। मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमानसँग बराबर गर्नुभएको छ। मेसीले १६९ अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.