सर्तसहित सरकारमा सहभागी हुन तयार नागरिक उन्मुक्ति पार्टी

5

- Advertisement -

काठमाण्डाै / २४ मंसिर २०७९    नागरिक उन्मुक्ति पार्टीले सर्तसहित सरकारमा सहभागी हुने बताएको छ ।

शुक्रवार दिउँसाे काठमाण्डाैमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भइ राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन सिटमा विजय हासिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.