प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता

5

- Advertisement -

काठमाडौँ / ६ मंसिर २०७९   प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ।

निर्वाचन आयोगका अनुसार सयभन्दा बढी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्कबमोजिम नेपाली कांग्रेसले ३८ भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ कांग्रेसका तीन उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एमाले) ले एक स्थानमा विजय प्राप्त गरेको छ भने २५ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ।

सत्ता गठबन्धनले करिब ४२ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ। मुस्ताङको प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुवै सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। प्रत्यक्षतर्फका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आठ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। स्वतन्त्र पार्टीले अग्रता कायम गरेकामध्ये अधिकांश काठमाडौँका निर्वाचन क्षेत्र हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच र नेकपा (माओवादी केन्द्र) ले आठ स्थानमा अग्रता कायम गरेको छ। जनमत पार्टीका चार जना उम्मेदवारले अग्रता कायम गरेका छन्।

Leave A Reply

Your email address will not be published.