शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

5

- Advertisement -

सुर्खेत / ३० कार्तिक २०७९    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको बताएका छन् ।

संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने उनको भनाइ छ ।

उनले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने पनि बताए । ‘संसद्‌लाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसद्‌मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डव भनेर सम्झिए पुग्ने बताए । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरुको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए ।

Leave A Reply

Your email address will not be published.