जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र

7

- Advertisement -

जनकपुरधाम / ३० कार्तिक २०७९    जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।

उनका अनुसार पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।

यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने छन् ।

Leave A Reply

Your email address will not be published.