ओली पुगेपछि छम्पी तरंगित

4

- Advertisement -

ललितपुर / ३० कार्तिक २०७९    गोदावरी नगरपालिका–९ छम्पीमा घरदैलो कार्यक्रम सुरु भएको केही मिनेटमै एमाले अध्यक्ष केपी शर्मा ओली आउने खबर फैलिएपछि माहोल बेग्लै बन्यो ।

हल्ला चलेको १० मिनेटमै ओली टुप्लुक्क आइपुगे ।

घरदैलो गर्दै मत माग्दै गरेको एमाले उम्मेदवार नवराज सिलवाल र चेतनाथ सञ्जेल छक्क परे । ओली आएको खबर एकछिनमै फैलिँदा स्थानीय झुम्मिहाले । १५ मिनेट समय बिताएका ओलीले ७ मिनेट सम्बोधन गरे ।

पूर्वप्रधानमन्त्रीसमेत ओलीले ‘ललितपुर १ मा एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको’ दाबीसमेत गरे । ‘देश–प्रदेशका लागि अरूले विगतमा केके गरे, त्यो सबैले देखेका छन्,’ उनले भने, ‘एमाले सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६÷१७ महिनाभित्र देशलाई बरबाद बनाउने काम मात्र छ ।’

अबका दिन लोकतन्त्र रक्षा र विकास, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा दिगो विकासका लागि एमालेले जित्नुपर्ने ओलीको भनाइ छ । देश विकास, लोकतन्त्र रक्षा र जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने उनको जोड छ ।

यसअघि, ललितपुर निर्वाचन क्षेत्र ३ मा पर्ने भैंसेपाटीमा संक्षिप्त भेटघाट र पैदलयात्राका लागि पुगेका ओलीलाई सो क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयका तर्फबाट आभार प्रकट गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.