एमालेलाई जिताउन वामपन्थी बुद्धिजीवीको अपिल

5

- Advertisement -

काठमाडौं / ३० कार्तिक २०७९    वामपन्थी बुद्धिजीवीले राष्ट्रि«यता, समावेशी विकास र समृद्धिका लागि नेकपा एमालेलाई विजयी गराउन अपिल गरेका छन् ।

नेपाल बुद्धिजीवी परिषदद्वारा  राजधानीमा आयोजित पत्रकार भेटघाटमा वामपन्थी बुद्धिजीवीले ‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, विकास र समृद्धिको स्पष्ट खाका नेकपा एमालेसँग मात्र भएको’ बताउँदै ‘यसपटकको निर्वाचनमा एमालेलाई बहुमत दिलाउन’ अपिल गरेका हुन् ।

नेपाल बुद्धिजीवी परिषद् अध्यक्ष तथा राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले ‘समृद्ध नेपाल, सुखी नेपालीको स्पष्ट खाका एमालेसँग मात्र भएकाले जिताउनुपर्ने’मा जोड दिए ।

सत्ता गठबन्धनले देशको अर्थतन्त्र धराशायी बनाएको र सत्ता स्वार्थमा केन्द्रित भएको बताउँदै उनले एमालेले २०५१ मा सामाजिक सुरक्षा र लोककल्याणकारी काम थालनी गरेको स्मरण गरे । २०७४ मा संघीयता कार्यान्वयन, पृथकतावाद र हिंसा अन्त्य, राष्ट्रिय स्वाधीनता रक्षा तथा विकास र समृद्धि यात्रा अघि बढाउने काम गरेकाले एमालेको विकल्प नभएको देवकोटाको तर्क छ ।

अर्का बुद्धिजीवी तथा परिषद् उपाध्यक्ष विधान आचार्यले सत्ता गठबन्धनले बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात पु¥याएको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.