वीरगंजमा कडा सुरक्षा सतर्कता, तालिम प्राप्त कुकुरसहित चेकजाँच

7

- Advertisement -

वीरगंज / २९ कार्तिक २०७९ छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको वीरगंजसहित पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै यहाँको सुरक्षा सतर्कता बढाइएको हो । निर्वाचनलाई शान्तीपुर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरीसहित लगभग ३३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य गरी वीरगंज बजार क्षेत्रमा गस्ती बढाइएको छ भने विभिन्न समयमा सुरक्षाकर्मीहरुले यहाँका टोलहरुमा गस्ती गरीरहेको बस्नेतले बताए ।

छिमेकी राष्ट्र भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

Leave A Reply

Your email address will not be published.