पर्सामा आज रातीदेखि मदिरा बिक्री वितरण, सेवन गर्न नपाइने

6

- Advertisement -

वीरगञ्ज / २७ कार्तिक २०७९  जिल्ला प्रशासन कार्यालय पर्साले मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाएको छ।

मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने ध्येयले  आइतबारराति १२ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ ।

आसन्न प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नकालागि

मदिराको ओसार पसार, बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरी जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला सुरक्षा समितिको मिति २०७९ कार्तिक २६ गतेको निर्णयानुसार मिति २०७९ कार्तिक २७ गते राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएकोले यो सूचना जारी गरिएको छ,” सूचनामा उल्लेख गरिएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार बिक्री वितरण र सेवन गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने बेहोरा समेत सबैमा जानकारी गराईन्छ ।

उक्त निर्णयको पूर्ण परिपालना गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको  प्रशासन कार्यालयले जनाएको छ ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.