विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

1

- Advertisement -

काठमाडौं / २२ कार्तिक २०७९   यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ ।

ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।

पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.