प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्‍ने, रुष्ट नेता-कार्यकर्ता भेट्दै

3

- Advertisement -

धनगढी /  २१ कार्तिक २०७९    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्।

प्रधानमन्त्री देउवा आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी पुगेका हुन्।

देउवा अस्ति कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएकोमा हिजो बेलुकी धनगढी फर्किएका हुन्। गृहजिल्ला गएका देउवाले त्यहाँ आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेका थिए।

गृहजिल्लामा चुनावी सभा सकेर धनगढी पुगेका देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.