एलन मस्कले लामो विवाद र अन्योलपछि सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गरे

“मेरो उदेश्य नाफा कमाउने होइन, मैले मानवतालाई मद्दत गर्न किनेको हो, ट्विटर एक सभ्यताको साझा डिजिटल टाउन स्क्वायर होस् भन्ने चाहना छ ।” उनले लेखेका छन् ।

9

- Advertisement -

न्युयोर्क / ११ कार्तिक २०७९    विश्वकै धनि व्यक्ति एलन मस्कले लामो विवाद र अन्योलपछि सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गरेका छन् ।

धेरै मिडिया रिपोर्टहरू र फर्मका एक लगानीकर्ताका अनुसार एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद गरेपछि ट्वीटरका प्रमुख कार्यकारी र वित्त प्रमुखले राजीनामा दिएका छन्।

यसअघि पनि ट्विटरले मस्कलाई खरिद सम्झौताबाट भाग्न खोजेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । तर केहि समयको अन्योलपछि मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । ट्विटर खरिद गरेरसँगै उनले आफ्नो उदेश्य पैसा कमाउनु नरहेको दाबी गरेका छन् ।

“मेरो उदेश्य नाफा कमाउने होइन, मैले मानवतालाई मद्दत गर्न किनेको हो,  ट्विटर एक सभ्यताको साझा डिजिटल टाउन स्क्वायर होस् भन्ने चाहना छ ।” उनले लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.