लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

7

- Advertisement -

९ असोज २०७९, आइतवार / अर्घाखाँची   अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् ।  मनकलाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराेले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे ।

मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उहाँले बताउनुभएको छ ।

मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.