अल्पाइन स्कुलमा छात्रालाइ यौन र्दुव्यवहार गर्ने शिक्षक पक्राउ

र्दुव्यवहार गर्ने शिक्षक मियाँ पक्राउ

16

- Advertisement -

९ असोज २०७९, आइतवार / पर्सा     वीरगंजकाे श्रीपुरमा रहेकाे अलपाइन स्कुलमा शिक्षकले एक छात्रमाथी याैनजन्य दुर्व्यवहार गरेका छन् ।

दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

अलपाइन स्कुलमा अध्ययनरत एक बालिका माथि याैन दुर्व्यवहार गरेकाे आराेप नेपाली बिषयका शिक्षक ताज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

अभिभावकले दिएकाे उजरिकाे आधारमा असाेज ५ गते मियाँलाई पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गराई बाल याैन दुर्व्यवहार अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएकाे प्रवक्ता गिरिले जानकारी दिए ।

पिडित बालिका कक्षा ६ मा अध्ययनरत रहेकी छन् । शिक्षक मियाँले विद्यालयमा आफुलाई दुर्व्यवहार गरेकाे अभिभावलाई वताएपछि अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका थिए ।

दुर्व्यवहार आराेप लागेका शिक्षक मियाँकाे स्थायी घर पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ मा भएपनि उनी वीरगंज मै बस्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.