मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना, ६ जनाकाे ज्यान गयाे

8

- Advertisement -

६ असोज २०७९, बिहिवार /  मकवानपुर    मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएकाे हो ।

काठमाण्डाैबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् ।

दुर्घटनाबारे पूरै विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.