कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु

5

- Advertisement -

६ असोज २०७९, बिहिवार / काठमाडौं      काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ११ कपनस्थित लसुनटारमा हिजो साँझ भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.