वीरगंजमा चिडियाखाना स्थापना गर्न पायो अनुमति, वनमन्त्री यादवले गरेको प्रतिवद्धता पूरा हुँदै

3

- Advertisement -

२९ भदौ २०७९, बुधवार / वीरगंज    मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको हो ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडीयाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा चिडियाखाना स्थापनाका लागि प्रस्ताव पेश गर्नु भएको थियो । आफू मन्त्री नियुक्त हुनु भएदेखि मन्त्री यादवले वीरगंजमा चिडीया खाना निर्माणका लागि पहल थाल्दै आउनु भएको थियो ।

मन्त्री यादवले पेश गर्नु भएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडीया खाना निर्माणका लागि अनुमति दिएको छ ।

पर्सा वासीको आयस्तरमा बृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनका लागि वीरगंजमा चिडीया खाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना अहिले आएर साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगंजमा निर्माण हुने चिडीयाखानाले पर्यटन प्रवर्द्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।

 

Leave A Reply

Your email address will not be published.