बाराको आधाभार जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप, ५ जना पक्राउ

14

- Advertisement -

२८ भदौ २०७९, मंगलवार / बिरगंज     बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा ३/४ जना अधवैंशे महिला दैनिक देखिन्छन् ।

घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ । कोही छुट्टिन्छन त कोही सँगै जंगलभित्र जान्छन् ।

बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सडकमा सवारी रोक्ने र चालक जंगल पस्ने क्रम चलिरहन्छ । प्रहरीका अनुसार उनीहरु यसरी यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन् । जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ ।

प्रहरीले हालै यौन कृयाकलापमा संलग्न रहेको आरोपमा ५ जना महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरु भारतीय नागरिक हुन् ।

सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दावी प्रहरीको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले कारबाही थालेको हो । केही दिनयता प्रहरीले जंगल क्षेत्रमा नियमित गस्ती गरेको छ । तीन दिन अघि प्रहरीले ५ जना महिला सडक छेउमा बसेको देख्यो ।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा दुई जना जंगलभित्र भागे । तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो । एक दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गर्दा उनीहरु बोल्न मानेनन् । त्यसपछि प्रहरीले सीमा क्षेत्रमा लगेर छोडिदिएको छ ।

सोमबार थप २ जना पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.