एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार बुवाको मृत्यु छोराको अवस्था गम्भिर

3

- Advertisement -

२८ भदौ २०७९, मंगलवार / वीरगंज    एम्बुलेन्सको ठक्करबाट मंगलबार दिउँसो वीरगंजमा मोटरसाइकलमा सवार वृद्धको मृत्यु भएको छ।

बा २ झ ४०२० नम्बरको एम्बुलेन्सको ठक्करबाट प्रदेश २–०३–०१२ प ५६०९ नम्बरको मोटरसाइकलमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका ४ बस्ने ७० वर्षीय वृद्ध फजिल देवानको मृत्यु भएको हो।

ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ४० वर्षीय जुमादिन देवान गम्भिर घाइते भएका छन्।

वीरगंज महानगरपालिका २५ स्थित बिन्दवासिनी सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि एल.एस. न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा देवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने एम्बुलेन्स र चालक वीरगंज  १९ बस्ने जियालाल यादवलाई प्रहरीले नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.