पर्सा प्रहरीमा क्राईम शाखाको निर्देशनमा तस्करी (तस्विर सहित )

9

- Advertisement -

२७ भदौ २०७९, सोमवार / वीरगंज    पर्सामा विभिन्न नाका भएर खुल्लेयाम तस्करी भईरहेको पाएको छ ।

सिमा नाकामा चोरी तस्करीको गतिविधि बढेको हो । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ ।

खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरिच, केराउ, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपराध र तस्करी नियन्त्रणका लागि भन्दै टाइगर टोली, मोबाइल टोली  खटाएको दावी गर्छ । तर ती टोली तस्कर र तस्करसँगको मिलेमतोमा तस्करीको बाटो खोल्ला गर्ने लाईन क्लियर गर्न खट्ने गरेको जानकारहरु बताउँछन ।

स्रोतका अनुसार पर्साका क्राईम शाखाको संरक्षणमा ग्रामिण नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, पेट्रोल–डिजेल र रक्सीको व्यापक तस्करी भईरहेको छ । स्रोतका अनुसार यस्ता गतिविधि बाट मासिक रुपमा नजराना लिदै आएको पनि तथ्य उजागर भएको छ । प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो ।

हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले सेटिङ मिलाएका छन् । कपडा र भैंसी तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको स्रोत बताउँछ । समाजमा हुने गतिबिधि रोक्नका लागि टाइगर टोली परिचालन गरेका हुन्छ तर अहिले ती टोली नाकामा तस्कारलाई संरक्षण गर्दैको अवस्थामा छ ।

प्रहरी अधिकारीहरुले आफ्ना घुमुवा मार्फत तस्करहरुको पहिचान गर्ने र दलालमार्फत तस्करीको लाइन खुलाउन र पैसा असुली गर्ने गरेको स्रोतले जनाएको छ । पर्सामा अहिले प्रदेश प्रहरीका घुमुवा तथा जिल्ला प्रहरी कार्यालय पर्साका एक दर्जान घुमुवा सकृय छन् ।

सिमावर्ती नाकाबाट दैनिक करोडौंको राजस्व दोहन गरी त्यसबावपतको केहि हिस्सा प्रहरी प्रशासनलाई बुझाउने पुरानो परम्परालाई प्रहरीले निरन्तरता दिएको स्रोतको दावि छ । प्रहरीले अवैध कारोबारीलाई प्रोत्साहन गरेर जनताको शान्ति सुरक्षामा असर पार्न खोजेको कतिपय वुद्धिजिविहरुको भनाई छ ।

सुरक्षा नीति अघि बढाएर शून्य तस्करी तथा अपराधिक गतिविधिमा जनशक्ति परिचालन गर्नुपर्नेमा पर्सा प्रहरी उदासिन बनेको छ । तसर्थ यस बिषयमा जिल्ला प्रहरी प्रमुख लगायत माथिल्लो निकायको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

 

 

Leave A Reply

Your email address will not be published.