बाग्लुङ नगरपालिकाका तत्कालीन उपमेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

4

- Advertisement -

२० भदौ २०७९, सोमवार / काठमाण्डाै   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बाग्लुङ नगरपालिकाका तत्कालीन उपमेयरसहित पाँच जनाविरुद्ध आज आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरको छ ।

बाग्लुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्‍याएकाे भन्दै आयोगमा उजुरी परेको थियो ।

नगरपालिकाले कम दर राख्दा नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.