नेपाली नागरिकता लिन सफल मुकेश अग्रवालको अवैध धन्धाको खुलासा

10

- Advertisement -

१८ भदौ २०७९, शनिवार / वीरगंज      भारत विहार हरिसिद्धि स्थाई निवासी झुठो विवरण पेस गरी नेपाली नागरिकता लिन सफल मुकेश अग्रवाल खाधान्न सामग्रीको आडमा कपडा र सुर्तिजन्य पदार्थको अवैध कारोवार गरिरहेको खुल्न आएको छ ।

मुकेश अग्रवाल वीरगंजका भिखमचन्द मारवाडी (अग्रवाल) र  बुटवलका गोविन्द गोयनकाको विभिन्न फर्मको नामले हुने गरेको सामुहिक कारोवार अन्तरगतको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापामारी गरे पछि यिनिहरु कपडा र सुर्तिजन्य पदार्थको अवैध कारोवारमा संलग्न रहेको खुल्न आएको हो ।

श्रोतका अनुसार काठमाण्डौंमा खाधान्न बोकेको ट्रकमा गुठ्खा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरु फेला परे पछि राजस्व अनुसन्धान विभागले थालेको अनुसन्धानको क्रममा मुकेश अग्रवालले संचालन गरेको फर्महरुबाट यस्तो कारोवार हुने गरेको फेला पारेको हो ।

वीरगंज. भैरहवा र काकडभिट्टा नाकालाई प्रयोग गरी खाधान्न चामल, दाल, तेल लगायतको आडमा गुठ्खा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरुको कारोवार हुने गरेको पाइए पछि राजस्व अनुसन्धानले अग्रवालको काठमाण्डौं, वीरगंज र झापा जिल्ला स्थित विर्तामोडको कार्यालयमा छापामारी गरेको राजस्व अनुसन्धान विभाग श्रोतबाट बुझिन आएको छ ।

श्रोतका अनुसार वीरगंज आदर्शनगर स्थित मुकेश अग्रवालको कार्यालयमा राजस्व अनुसन्धान विभागको छापामारी गर्न पुगेका टोलीलाई कार्यालयको गेटमा अल्झाएर ब्यापारीक खाताहरु लिएर पछाडीको ढोकाबाट नालीको बाटो प्रयोग गरी फरार भएको बताइन्छ ।

मुकेश अग्रवाल र उनका पार्टनरहरु भिखमचन्द र गोविन्दले  वीरगंज .भैरहवा र काकडभिट्टा सिमावर्ती क्षेत्रमा राखेका गोदामहरुमा भारतबाट अवैध रुपले भित्रियाउने गरेको कपडा, गुठ्खा र सुर्ती राखेर खाधान्न बोकेको सवारी साधनमा राखेर नारायणगाठ, काठमाण्डौं र पोखरा सम्म पु¥याउदै आएको श्रोतले जनाएको छ ।

राजस्व अनुसन्धानले अग्रवालको कार्यालयहरुमा छापामारी गरे पछि आफ्ना दलालहरुलाई भिडाएर कानुनी दायराबाट उम्किन करोडौको चलखेलमा लागेको अग्रवाल निकट श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.