बारामा लागुऔषधसहित सहचालक पक्राउ

8

- Advertisement -

१५ भदौ २०७९, बुधवार / वीरगंज    बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुली कालापानी गाउँपालिका १ बस्ने २४ वर्षीय पूर्णप्रसाद दाहाल पक्राउ परेका हुन् । उनी प्रदेश २-०३-००१ ख ३६२३ नं.को रोयल सिंघम बसका सहचालक हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा उनलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी टोलीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसलाई रोकेर चेकजाँच गरेको थियो । बसको पछाडि तर्फको डिक्कीमा सेतो प्लाष्टिकको झोलाभित्र पत्रिकाले बेरेर टेप लगाएको अवस्थामा प्रतिबन्धित लागुऔषध २०६० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.