बयान दिन चोलेन्द्र शमशेर जबरा सिंहदरबारमा

4

- Advertisement -

१५ भदौ २०७९, बुधवार / काठमाडौं    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन्।

सिंहदरबारमा बस्ने  समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका छन्।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए।

उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन्।

Leave A Reply

Your email address will not be published.