धुलिखेलमा भेटियो बम, सेनाको टोलीद्वारा डिस्पोज

9

- Advertisement -

७ भदौ २०७९, मंगलवार /

काठमाडौँ  बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ मा भेटिएको नक्कली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

मंगलबार (७ भदौ) मा धुलिखेल–९ मा राखिएको होक्स नेपाली सेनाको कालीजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेका हुन्।

राजमार्गमा प्रेसर कुकरमा राखिएको उक्त बमका कारण केहीबेर यातायात ठप्प भएको थियो। अहिले यातायात खुलेको प्रहरीले जनाएको छ।

मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्।

मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

 

Leave A Reply

Your email address will not be published.